केपी ओलीले नेता कार्यकर्तालाई अपमानित गरेको माधव नेपालको आरोप
- काठमाडौंएकीकृत समाजवादी पार्टीले आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चासो देखाएको छ ।
पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले निर्वाचनको विषयमा गम्भिर प्रश्न उठेको जनाउँदै चासो देखाउनुभएको हो । प्रधानमन्त्री तहबाट नै आएको अभिव्यक्तिका कारण निर्वाचनको विषय पेचिलो बनेको उहाँले बताउनुभयो । स्वच्छ निर्वाचनका लागि आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ छ ।
यसैबीच फरक प्रसँगमा अध्यक्ष नेपालले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलिलाई लिएर चर्को असन्तुष्टि जनाउनुभएको छ । ओलीले अन्य दलका नेता कार्यकर्तालाई अपमानित हुने गरि अभिव्यक्ति दिएको उहाँले बताउनुभयो ।
आजबाट सुरु भएको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेशगर्नुभएको छ । राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभएको छ । नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको समेत बताउनुभयो ।