माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच एकताको सहमति
- काठमाडौंनेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ राजनीतिक पार्टीहरुले एकताका लागि १८ बुँदे सहमति गरेका छन् ।
८ दलबीच नयाँ पार्टीको नाममा सहमति भइसकेको छैन । सहमतिपत्रमा माओवादी संयोजक दाहाल र एकीकृत समाजवादीका माधव नेपालसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (समाजवादी) पार्टीका अध्यक्ष राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा माओवादी स्समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
१८ बुँदे समहति पत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ भने एकीकृत भएका दलहरुबीच आगामी बुधवार एकता राष्ट्रिय सम्मेलन गर्ने तयारी भएको छ । सो सम्मेलनले पार्टीको आगामी कार्यदिशा तय गर्ने समहमति पत्रमा उल्लेख छ । पछिल्लो पटक भएको सहमतिपछि पार्टीको नाम टुङ्गो नलगाएनि चुनाव चिन्ह पने पाँचकुने तरा राख्ने ती दलहरुले निर्णय गरेका छन् ।