न्यूयोर्क शहरको मेयरमा डेमोक्र्याट उम्मेदवार मम्दानी विजयी
- काठमाडौंअमेरिकाको न्यूयोर्क शहरका मेयरमा डेमोक्र्याट तर्फका उम्मेदवार जोहरान मम्दानी विजयी हुनु भएको छ ।
३४ वर्षीय मम्दानी अमेरिकाको सबैभन्दा ठूलो शहरको नेतृत्व गर्ने पहिलो मुस्लिम मेयर बन्नुभएको बीबीसीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्वगर्भनर एन्ड्रियु कुओमोले ८ लाख ५० हजार मत र कुर्टिस सिल्भाले १ लाख ४६ हजार मत ल्याउनुभयो ।
मम्दानी शताब्दीमैै कम उमेरमै न्यूयोर्क शहरको मेयरमा निर्वाचित हुनु भएको हो । उहाँले विजय उत्सवमा सम्बोधन गर्दै राजनीतिक चुनौतीकाबीच न्यूयोर्कलाई अगाडी बढाउने उल्लेख गर्नुभयो ।