बालेनविरुद्ध युवा संघ पुग्यो साइबर ब्युरोमा
- काठमाडौंकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध एमाले निकट युवा संघले साइबर ब्युरोमा उजुरी दिएको छ ।
मेयर साहले छिमेकी राष्ट्रसंगको कुटनीतिक सम्बन्धमा असर पार्ने र राजनीतिक दलहरुलाई विभिन्न आक्षेप लगाउने गरी सामाजिक सञ्जालमा लेखेको भन्दै साइबर ऐन अन्तर्गत उजुरी दिइएको युवा संघका नेताहरुले बताएका छन् । उनीहरुले साहलाई साइबर ऐन अन्तर्गत कारबाही गर्न माग गरेका छन् ।
मेयर शाहले गत शनिबार मध्यरात आपत्तिजनक शब्दसहित फेसबुकमा स्टाटस लेखेपनि विरोध भएपछि केहीबेरमा हटाउनुभएको थियो ।