राष्ट्रिय

सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीबीत बैठक बस्दै

- केएफएम डेस्ककाठमाडौं

सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ ।

आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुने बताइएको छ ।

यद्यपि छलफलको मुख्य उद्देश्य भने सेवासुविधा खारेजीको विषय रहेको बुझिएको छ ।

सरकारले केही दिनअघि मात्र सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती गरेको थियो ।

जसका कारण संसदका ३ सय ३२ पदाधिकारी र सांसदलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको उनीहरुको आरोप छ ।