राष्ट्रिय

रास्वपाको विस्तारित बैठक सुरु हुँदै

- केएफएम डेस्ककाठमाडौं

पार्टीको आगामी कार्यदिश तय गर्न आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक सुरु हुँदै छ ।

चितवनको सौराहामा हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।

बैठकमा ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले पार्टीको सांगठिनक अवस्थाको बारेमा बैठकलाई जानकारी गराउनेछन् ।

त्यस्तै, प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।