राष्ट्रिय

निर्वाचन हुन नदिने सिलसिला शुरु भयोः एमाले अध्यक्ष ओली

- केएफएम डेस्ककाठमाडौं

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले म्यानमार र बंगलादेशमा जस्तै नेपालमा पनि निर्वाचन हुन नदिने सिलसिला शुरु भएको दावी गर्नुभएको छ ।

देशलाई द्वन्द्व र तनावतर्फ लैजाने प्रयास भइरहेको ओलीको भनाइ छ । पार्टीको युवा संघको कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।

संसद पुर्नस्थापनाका लागि शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने ओलीको भनाइ थियो । संसदलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।