समयमै निर्वाचन गर्न सरकारले काम गरिरहेको छः मन्त्री अर्याल
- काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले समयमै निर्वाचन सम्पन्न गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री अर्यालले सरकारलाई प्राप्त जिम्मेवारी अनुसार आगामी फागुन २१ मा चुनाव गराउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री अर्यालले निर्वाचनका लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापन भइरहेको समेत जानकारी दिनुभयो । यस्तै, मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट अझैसम्म फरार कैदीलाई पक्राउ गर्नका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
यस्तै, गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १५ लाख राहत र घाइतेका लागि विभिन्न राहत उपलब्ध गराइएको समेत जानकारी दिनुभयो ।