राष्ट्रिय

रवि र छविको मुद्दामा मिसिल मगाउने आदेश

- केएफएम डेस्क काठमाडौं

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र छबिलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट मुल अभियोग मिसिल मगाउने आदेश भएको छ ।

 तुलसीपुर उच्च अदालत बुटवल ईजलासका न्यायाधिश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको ईजलासले मुल अभियोग मिसिल मगाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताउनुभयो । यस अघि कार्तिक २० गते सोही ईजलासले सुरू मिसिल मगाउने आदेश दिएको थियो । 

सर्वोच्चबाट सुरू मिसिलको स्क्यान कपि र जिल्ला अदालतबाट प्रतिलिपी प्राप्त भएपछि आजका लागि पेशी तोकिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् ।