चीनद्वारा आफ्ना नागरिकलाई जापानको भ्रमण नगर्न आग्रह
- काठमाडौंकुटनीतिक विवाद बढ्दै गएपछि चीनले आफ्ना नागरिकलाई जापानको भ्रमण नगर्न आग्रह गरेको छ । चीनको जापानस्थित दूतावासले अनलाइन सूचनामार्फत जापानको भ्रमण नगर्न भनेको हो ।
जापानका नयाँ प्रधानमन्त्री साने ताकाइचीले चीनले ताइवानमा आक्रमण गरेमा जापानले सैन्य प्रतिक्रिया दिन सक्ने बताए पछि चीनले सो कदम चालेको हो ।
केहिदिन अघि जापानका प्रधानमन्त्री ताकाइचीले संसदमा दिएको अभिव्यक्तिलाई दिएर असन्तुष्ट बनेको चीन कठोर बन्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आफ्ना नागरिकको सुरक्षामाथि जोखिम रहेको भन्दै चीनले जापान भ्रमण नगर्न आग्रह गरेको विश्लेषण भएका छन् ।
कुटनीतिक विवादको शंङ्खला चल्ने देखिएपछि केहि चिनियाँ विमान कम्पनीहरुले आगामी डिसेम्बर ३१ सम्म जापानका लागि तय भएका उडानको टिकटको रकम फिर्ता गर्न सकिने सूचना जारी गरेको अलजजिराले जनाएको छ । चीन र जापान प्रमुख व्यापारिक साझेदार भएपनि भू–सीमासम्बन्धी विवाद र सैन्य खर्चका कारण समय–समयमा सम्बन्ध चिसिँदै आएको छ ।