राष्ट्रिय

एभरेष्ट महिला भलिबल लिगको उपाधि फेरि कर्णालीको पोल्टामा

- केएफएम डेस्क काठमाडौं

अपराजित रहँदै कर्णाली यश्वीसले एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ ।

 काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज साँझ भएको खेलमा ललितपुर क्वीन्सलाई ३–२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि रक्षा गरेको हो । 

 पहिलो र दोस्रो सेटमा लगातार जित निकालेको कर्णाली तेस्रो र चौथो सेटमा पराजित भयो । अन्तिम तथा निर्णायक पाँचौँ सेटमा पुनरागमन गर्दै कार्णालीले ललितपुरलाइ पराजित गरेको हो । कार्णालीले २६–२४, २५–१७ ले पहिलो र दोस्रो सेट जितेको थियो भने १३–२५ र १७–२५ ले त्यससपछिका दुई सेट गुमाएको थियो । 

अन्तिम सेटमा १५–८ को नतिजा सहित कर्णालीले उपाधि रक्षा गरेको हो । अघिल्लो सिजनमा पनि कर्णालीले अपराजित रहँदै ट्रफी उचालेको थियो । गत सिजन पनि उपाधि भिडन्तमा कर्णाली र ललितपुर आमने सामने भएका थिए । लिगमा विभिन्न ६ फ्रेञ्चाइज टोलीले सहभागीता जनाएका थिए ।

।