मर्स्याङ्दीबेंसी जलविद्युत आयोजना बन्न नदिने भन्दै स्थानीयको प्रदर्शन
- लमजुङलमजुङमा निर्माण गर्ने तयारी भएको ५० मेगावाटको मर्स्याङ्दीबेंसी जलविद्युत आयोजना बन्न नदिने भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
सदरमुकाम बेंसीसहरका स्थानीयले जलविद्युत आयोजना निर्माण गर्दा धर्म, संस्कृति, संस्कार र मानव सभ्यता नष्ट हुने जोखिम भएको बताएका छन् ।
उनीहरुलें संघर्ष समिति नै गठन गरेर विरोध प्रदर्शन गरेका हुन् । बेंसीसहर नगरपालिका–६ र वडा नं. १० स्थित सीमानामा ड्याम बनाएर विद्युतगृह निर्माण गरेर विद्युत उत्पादन गर्ने तयारी अघि बढेसँगै स्थानीयले विरोध गरेका हुन् ।