राष्ट्रिय

बाबुरामको अभिभावकत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

- केएफएम डेस्क काठमाडौं

नेपाल समाजवादी पार्टी नयाँ शक्ति, पूर्व माओवादी नेता जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा परित्याग गरेका सन्तोष परियार नेतृत्वको समूह मिलेर प्रगतिशिल लोकतान्त्रिक पार्टीको घोषणा गरिएको छ ।

 काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले सामूहिक नेतृत्वमा अघि बढ्ने गरि नयाँ दल बनाइएको बताएका छन् पार्टीमा पाँच सदस्यीय अध्यक्ष परिषद् गठन गरिएको छ । ओजस्वी भट्टराई, दुर्गा सोब, सन्तोष परियार, सुदन किराती, अशोक जयसवाल रहेको अध्यक्ष परिषद् बनाइएको सो पार्टीले जनाएको छ । पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता जनार्दन शर्माले मुलुकको राजनीतिलाई निकास दिने गरी नयाँ दल बनाइएको बताउनुभयो ।

शर्मा र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको अगुवाइमा गठित पार्टीमा रास्वपा परित्याग गरेका परियार समेत सामेल हुनुभएको हो । नेता परियारले पुराना दलहरु नेपाली समाज अनुरुपको नभएकाले नयाँ पार्टी बनाउनुपरेको दावी गर्नुभयो ।

नेता भट्टराईलाई भने पार्टीमा अभिभावकीय भूमिकामा मात्र राखिएको छ । भदौ अन्तिम साता भएको जेन जी आन्दोलनको जगमा नयाँ दल गठन गरिएको भट्टराईको भनाइ छ । जेनजी पुस्ताको भावना अनुरुप एकता घोषणा भएको आफूहरुको दल अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

नवगठित पार्टीमा जेन जी पुस्ताका प्रतिनिधिलाई समेत सामेल गराइने भएको छ ।