राष्ट्रिय

रवि र छवि मुद्दामा आजपनि सुनवाई स्थगित

- केएफएम डेस्क काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । 

गत बिहीबारको पेशी लामिछानेकै कानुन व्यवसायीको आग्रहबाट स्थगित भएको थियो । आज न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा पेशी परेको थियो । रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरिदिनू भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताउनुभयो । 

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको बिहिबारको पेशी कात्तिक १३ गतेपछिको निरन्तर पाँचौँ पेशी हो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् ।