जेनजी आन्दोलनः हालसम्म ५ सय ९५ जना पक्राउ
- काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहसँग सम्बन्धित अपराधमा संलग्नमध्ये ५ सय ९५ जनालाई पक्राउ गरिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री अर्यालले अपराधमा संलग्नहरूलाई पक्राउ गर्ने मुद्दा चलाउने कार्य भइरहेको बताउनुभएको हो ।
गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनका क्रममा मुलुकका विभिन्न सुरक्षा निकायबाट लुटिएका हतियार फिर्ता ल्याउन संयुक्त प्रयास भइरहेको जानकारी दिनुभयो ।
जेलबाट भागेर फिर्ता नआएका कैदीबन्दीलाई पक्राउ गर्नका लागि विशेष अपरेशन सञ्चालन गरिएको पनि गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।