राष्ट्रिय

१९ कारोड बढीको क्रिप्टो कारोबार गर्ने एकजना काठमाडौंबाट पक्राउ

काठमाडौं

जिल्ला प्रहरी परिसर काठमाडौंले ठुलो मात्रामा अभौतिक मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा बराका एक जनालाई पक्राउ गरेको छ । 

परिसरका प्रहरी उपरिक्षक पवन कुमार भट्टराईका अनुसार कलैया नगरपालिका २० का २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरिएको हो । सेफलाई काठमाडौंको भद्रकालीबाट नियन्त्रणमा लिइएको हो । 

पक्राउ परेका सेफले १९ करोड ८१ लाख ४९ हजार रुपैयाँ बढीको क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको छ । सेफलाई अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।