चार समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित
काठमाडौंजनता समाजवादी पार्टी जसपा परित्याग गरेका नेता राजेन्द्र श्रेष्ठको समूहसहित ४ वटा समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा श्रेष्ठको समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहले नेपाली कम्युनिष्ट पार्टीसँग एकीकरण गरेका हुन् ।
अशोक राई नेतृत्वको पार्टी जसपा छाडेर आएका नेताहरुले नेपाली कम्युनिष्ट पार्टीसँग १० वूदे सहमति गरेर एकीकरण गरेको हो । सहमतिमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र नेता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले विभिन्न वामपन्थी घटकलाई आफ्नो दलमा सामेल गर्दै आएको छ ।
यसैबीच, एकीकृत समाजवादी पुर्नगठन अभियानमा लागेका नेता घनश्याम भुषालको समूह र नेकपा संयुक्तबीच पार्टी एकीकरण भएको छ । पार्टी एकीकरणपछि उनीहरुले नेकपा संयुक्तको चुनाव चिन्ह हँसियाबाट निर्वाचन लड्ने भएका छन् ।