राप्रपाको सबै तहका समितिको म्याद थपियो
काठमाडौं ।राप्रपाले केन्द्रदेखि सबै तहका समितिको म्याद ६ महिना थप गरेको छ । फागूनमा तोकिएको निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्ने भन्दै राप्रपाले सबै तहका समितिको म्याद ६ महिना थप्ने निर्णय गरेको हो । हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिले मुलुकको समसामयिक परिस्थितिबारे प्रधानमन्त्रीलाई भेटेर राप्रपाको धारणा जानकारी गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै राप्रपाले राजा, राजनीतिक दल र जेन–जीबीच नवीन समझदारीका लागि दबाब दिन मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वार्ता गर्ने तयारी गरेको छ ।