राष्ट्रिय

काठमाडौंमा दुई खर्बको अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउन पहल

- केएफएम डेस्ककाठमाडौं

काठमाडौँ महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहका बिच महानगरपालिकाले स्थापना दिवस मनाएको हो । २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुई खर्ब रुपैयाँ बराबरको अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो ।

कार्यालय सञ्चालनमा हुने खर्च घटाउने र राजस्व संकलनमा बृद्धि गर्ने गरि महानगरपालिकाले काम गर्दै आएको प्रमुख साहले बताउनुभयो ।

दिवका अवसरमा महानगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका १० जना स्रस्टालाई सम्मान समेत गरेको छ । विक्रम सम्वत् १९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डा नै नगरपालिका हुँदै महानगरपालिकाको रुपमा विकशित भएको हो ।