मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत
- जनकपुरमधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । सात दलको समर्थनमा मुख्यमन्त्री बनेका यादवको पक्षमा ९२ सांसदले मत दिएका हुन् । मुख्यमन्त्री यादवलाई नेकपा एमाले, राप्रपा र नेपाल सन्धिय समाजवादी पार्टीले समेत विश्वासको मत दिएका छन् ।
सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदिय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १ सय ६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्राव्धान छ । यादव मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिनुभएको हो ।