संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई मोसो दल्दै कुटपिट
- दाङनेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले मोसो दल्नुका साथै कुटपिट गरेका छन् ।
आज बिहान दाङको बेलझुण्डीस्थित उपकुलपति नेपालको निवासमा पुगेका अखिल (क्रान्तिकारी) का विद्यार्थीले मोसो दल्नुका साथै दुव्र्यवहार गरेका हुन् । नेपालसंगै अन्य दुई कर्मचारीलाई पनि कुटपिट भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताउनुभयो । उनीहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
भ्रष्टाचारको आरोप लगाउंदै उनीहरूले नेपालमाथि दुव्र्यवहार गरेका हुन् । यसैबीच, अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश इञ्चार्ज प्रेमप्रशान्त बोहराले प्रेस विज्ञप्ति मार्फत घटनाको जिम्मा लिएका छन् ।