राष्ट्रिय

औरहीबाट लागुऔषधसहित चार जना पक्राउ

- सन्तोष सिंहमहोत्तरी

महोत्तरीमा लागुऔषधसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिवास जलेश्वर सडक खण्डमा रामगोपालपुरबाट बर्दिवासतर्फ जाँदै गरेको दुई वटा मोटरसाइकलमा लागुऔषध लिएर जाँदै गरेका दुई भारतीय नागरिकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्लास्टिकको झोलामा लुकाएर ल्याउँदै गरेको १ हजार ४ सय ३६ थान एम्पुल प्रतिबन्धित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिनुभयो ।

बरामद लागुऔषध, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।