सल्यानमा तीन फरार प्रतिवादी पक्राउ
- सल्यानसल्यानमा प्रहरीले सवारी ज्यान र बलत्कार मुद्धाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले सवारी ज्यान मुद्धाका प्रतिवादी शारदा नगरपालिका १० का बर्ष ३२ का मेघराज कवर, बलत्कार मुद्धाका प्रतिवादी दार्मा गाउँपालिका १ का बर्ष ३८ का चक्रबहादुर खडका र दार्मा गाउँपालिका १ निबासी बर्ष ३९ की विमला खडकालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाका आधारमा तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउमा परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको र सिधै कैद भुक्तानका लागि कारागार चलान गरिने तयारी गरिएको प्रहरीले जनाएको छ ।