राष्ट्रिय

एमसीसी परियोजना अन्तर्गत सडक पुनःस्थापना र मर्मतका लागि दुई सम्झौता

काठमाडौं

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत सडक पुर्नस्थापना र मर्मतका लागि दुई वटा सम्झौता भएको छ । एमसीए नेपालका अनुसार दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा सडक पुनःस्थापनाका लागि शर्मा–कुमार ज्वाइन्ट भेन्चरसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको हो ।

 त्यस्तै, नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि आइसीटी नामक कम्पनीसँग ३ दशलव ६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको एमसीए नेपालले जनाएको छ । दुवै सम्झौतामा आज हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा बोल्दै अमेरिकी राजदूत डिन आर.थम्पसनले एमसीसी परियोजनामा भएको उपलव्धिप्रति आभार व्यक्त गर्नुभयो ।