नयाँ र वैकल्पिक सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु : सभापति लामिछानले
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग छलपफल भएको भोलिपल्ट लामिछानेले अन्य शक्तिसँग पनि सम्वाद हुने बताउनुभएको हो ।
चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘नयाँ र वैकल्पिक भनिएकालाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ । जेनजी अभियन्ता सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल हुने लामिछानेले बताउनुभयो ।