बॉके, बर्दिया र दाङमा भोलीबाट बाघ गणना हुने
काठमाडौंबॉके, बर्दिया र दाङमा भोलीबाट मात्र बाघ गणना हुने भएको छ । गत पुष १ गतेबाट गणना गरिने भनिएपनि प्राविधिक कारणले केही दिन ढिलाइ भएको हो ।
बाघ गणनाका लागि तयारी पुरा भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक रामले बताउनुभयो । उहाँका अनुसार, दाङ, बॉके र बर्दियामा २÷२ वटा गरी ६ वटा बल्क राखेर बाघगणना गर्न लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार बाघ गणनाका लागि झन्डै ४ सय ५० क्यामेराको प्रयोग गरिँदैछ ।
क्यामेरा ट्यापिङ प्रविधिबाट गरिदै आएको बाघ गणना यस बर्ष दाङमा समेत गरिने भएको हो । बॉके निकुञ्जको सीमा पर्ने भएकाले दाङका केही क्षेत्रमा बाघ देखिने गरेका छन् । तीन साताको गणनापछि बाघको संख्या निर्धारण गर्ने तयारी भएको हाम्रा सहकर्मीले जनाएका छन् ।