राष्ट्रिय

शितलहर बढेपछी प्रतापपुरमा दुई दिन बिद्यालय बन्द

- नवीन पौडेलपरासी

शितलहर बढेपछी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले दुई दिन विद्यालय बिदा गरेको छ ।

केही दिनदेखि बढेको हुस्सु र चिसोले जनजीवन प्रभावित भएपछी आज र भोली दुई दिनका लागि पालिका भित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।

जाडोका कारण बालबालिकालाई बिद्यालय जान÷आउन समस्या परेको र स्वास्थमा असर पर्ने भएकाले बिदा दिइएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयो ।

जिल्लामा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र शितलहर चलेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।