राष्ट्रिय

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

झापामा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ ।

झापाको झापा गाउँपालिका–२ सडकबारी बस्ने दिनेश कडेलका तीन वर्षीय छोरा दिवांश कडेल घर अगाडि खेल्ने क्रममा पानी भरिएको खाल्डोमा डुबेका थिए ।

घटनापछि गम्भीर घाइते अवस्थामा रहेका बालकलाई तत्काल उद्दार गरी उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो ।

तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।