राष्ट्रिय

एमालेले समानुपातिकतर्फ ११० उम्मेद्वारको नामावाली टुंगो लगायो

- केएफएम डेस्ककाठमाडौं

नेकपा एमालेले समानुपातिकतर्फ १ सय १० जना उम्मेद्वारको नामावाली टुंगो लगाएको जनाएको छ ।

एमालेले सचिव पद्मा अर्यालको नेतृत्व रहने गरीको बन्दसूची तयार पारिएको जनाएको छ ।

हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले तयार पारेको नामावलीमा अध्यक्ष केपी शर्मा ओलीले अन्तिमरुप दिएपछि आयोगमा बुझाइने सचिव हिक्मत कार्कीले जानकारी दिनुभयो ।

एमालेले पनि यसअघि समानुपातिक र प्रत्यक्षतर्फ सांसद भइसकेकालाई नदोहोर्याउने बताए पनि यसअघि सांसद भइसकेकी अर्याललाई भने समानुपातिकमा अवसर दिएको छ ।

उनै अर्यालको नेतृत्वमा एमालेले आज बन्दसूची बुझाउने बताएको छ ।

एमालेको सूचीमा पूर्वउपाध्यक्ष गुरु बराल, दलित समूहमा जितु गौतम दर्जीसहितको नाम पनि समेटिएको छ ।

समानुपातिकको सूचि तयार पार्न नेपाली कंग्रेसका नेताहरुले तयारी गरेका छन् । त्यसका लागि कार्यसम्पादन समितिको बैठकले निर्णय गर्नेछ ।