राष्ट्रिय

वीरगंज महानगरको बिनियोजित रकमकोे ३३ प्रतिशत खर्च

- शंकर आचार्यपर्सा

पर्साको वीरगंज महानगरपालिकाको १९ औं नगर अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट यसअघि असोजमा भएको विशेष अधिबेसनमा कटौति गरिएको वडाको २५ प्रतिशत बजेटलाई पुन थप गर्ने प्रस्ताब पारित भएको छ ।

भदौ २३ र २४ गते जेन्जी आन्दोलनका कारण महानगरमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन भएको थियो । विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुननिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौति गरेको थियो ।

पुननिर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडा तर्फको बजेटलाई यथावत रहने गरि अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

हाल सम्म बिनियोजित तीन अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको र हालसम्म बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको भन्दै चालु खर्च तर्फ ३४ दशमल ७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२ दशमलव ६४ प्रतिशत रहेको महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।