राष्ट्रिय

भयमुक्त निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

- केएफएम डेस्ककाठमाडौं

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमै धाँधलीमुक्त र भयमुक्त निर्वाचन सम्पन्न गराउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीका बाबजुद निर्वाचनको वातावरण बनाउन सर्वपक्षीय छलफलमार्फत् आवश्यक तयारी अघि बढिरहेको जानकारी दिनुभयो ।

घाइते भएकाहरूलाई मासिक भत्ता वितरण गर्ने, सुरक्षा मनोबल मजबुत बनाउने र आवधिक निर्वाचनलाई सुशासनको आधार मानेर सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।

बैठकमा कोशी प्रदेशका १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।