राष्ट्रिय

समानुपातिक सूचीमा समस्या देखिए सच्याइने : रवि लामिछाने

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले समानुपातिक सूचीमा केही समस्या देखिए सच्याइने बताउनुभएको छ ।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले समानुपातिक सूचीमा देखिएका समस्या समीक्षा हुने बताउनुभएको हो ।

समय अभावले गर्दा समानुपातिक सूचिमा त्रुटि भएको हुन सक्ने सभापति लामिछानेको भनाइ छ ।

रास्वपाले समानुपातिकमा परिवारवाद र नातावाद मान्दै नमान्ने लामिछानेले दावी गर्नुभयो ।