राष्ट्रिय

झापामा ट्रक र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले गएराती पछाडिबाट ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका–६ निवासी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् ।

तत्काल आम्दा अस्पताल लगिएपनि राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक र चालक भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला, भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक यवकको मृत्यु भएको छ ।

राँके रवि सडक खण्डमा पर्ने धोद्रे भन्ने स्थामा भएको दुर्घटनामा इलामका ३३ वर्षीय सुवास सारु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।