राष्ट्रिय

कंग्रेसभित्र विवाद उत्कर्षमा

- केएफएम डेस्ककाठमाडौं

नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने तयारी गरेपछि नेपाली कंग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ ।

विशेष महाधिवेशन बोलाउने नेताहरुको तयारीपछि सभापति शेरवहादुर देउवाले सहमतिको पहलका लागि परामर्श थाल्नुभएको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले भने पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्दैछन् ।

यता, पार्टीको संस्थागत निर्णयबिना विशेष महाधिवेशन हुन नसक्ने प्रतिक्रिया संस्थापन पक्षले दिएको छ ।

नेता शेखर कोइरालाले पनि संस्थागत निर्णयबिना बोलाइएको भेलामा आफ्नो सहमति नहुने प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच, कार्यसम्पादन समितिको बैठक आज ३ बजेका लागि बोलाइएको छ ।