महाकाली नदी किनारमा महिलाको शव फेला
- दार्चुलादार्चुलास्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको छ ।
महाकाली नगरपालिका–७ धापस्थित महाकाली नदी किनारमा आज अन्दाजी ५५÷५६ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिहान स्थानीयले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट गएको प्रहरी टोलीले घटनास्थल पुगी मुचुल्कासहित शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरी प्रवक्ता हेमराज भट्टले जानकारी दिनुभयो ।
महिलाको शव केही दिनअघिको जस्तो देखिएको छ ।
घटनाको विषयमा थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।