राष्ट्रिय

रेडियो अन ह्वील्समा टीकाराम गुरागाईंले जिते विश्वकप क्रिकेटको टिकटसहितको प्याकेज

नेपालगन्ज

एक्सट्रीम इनर्जी ड्रिङ्क्सले प्रायोजन गरेको रेडियो कान्तिपुरको रोड शो रेडियो अन ह्वील्स सिजन ७ अन्तर्गत नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा स्थानीय टीकाराम गुरागाईंले आसन्न टी–२० विश्वकपको टिकटसहितको प्याकेज जितेका छन् । 



बी.पी चोकमा आयोजित कार्यक्रमको लक्की ड्र मार्फत् गुरागाईं विजेता छानिएका हुन् । उनले ४ दिन ५ रातको प्याकेजसहित मुम्बई आतजाते र विश्वकपमा नेपालको म्याच हेर्न पाउने छन् । एक्सट्रीम इनर्जी ड्रिङ्क्सले रेडियोले रोड शो आयोजना गर्ने सबै १५ शहरबाट १–१ जना भाग्यशाली विजेताको छनोट गर्नेछ ।



यसैबीच, ७ औं संस्करणको रेडियो अन ह्वील्स शनिबार नेपालगन्जबाट शुरु भएको छ । बाँकेको चिसो मौसमलाई तताउने क्रममा गायक विश्व नेपाली, कमेडियन राजा राजेन्द्र पोखरेलका साथै डान्सरद्वय रोसिका राउत र वर्षा फुयाँलले आकर्षक प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न पुरस्कार वितरण गर्नुका साथै मनोरञ्जनात्मक खेलहरु पनि खेलाइएको थियो ।

रेडियोले श्रोतासँग सम्बन्ध विस्तारका लागि वर्षेनी यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । आईतबार दिउँसो धनगढीको पार्क मोडमा पनि रेडियो अन ह्वील्स आयोजना गरिने र त्यहाँबाट पनि विश्वकपको टिकटसहितको प्याकेज जित्ने एकजना विजेता छनोट गरिने छ । नेपालगन्जबाट शुरु भएको रोड शो मुलुकका विभिन्न १४ शहर घुमी काठमाडौंमा पुगेर सकिने छ ।