राष्ट्रिय

मुलुकभर चिसो बढ्दै

काठमाडौं

पछिल्लो केही दिनदेखि मुलुकभर जाडो बढ्दै गएको छ ।  काठमाडौँ उपत्यकाको आज बिहानको तापमान ३ दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको छ । यो काठमाडौँ उपत्यकाका लागि यस वर्षकै आज सबैभन्दा बढी चिसो दिन हो । 

मुलुकभर न्यूनतम र अधिकतम अझै घट्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, केही दिनदेखि तराईका अधिकांश स्थानमा लागिरहेको हुस्सु/कुहिरो जारी छ । 

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि, मुलुकभर वर्षा हुने सम्भावना भने कम रहेको महाशाखाकी मौसमविद् विनु महर्जनले बताउनुभएको छ ।