बुटवलमा "रेडियो अन ह्वील्स" सम्पन्न, स्थानीय सुष्मा अर्याललाई विश्वकप प्याकेज
काठमाडौंएक्स्ट्रिम इनर्जी तथा म्याक्स टाईगर ईनर्जी ड्रिन्क्सले "रेडियो अन ह्वील्स"मा प्रदान गर्ने टी २० विश्वकपको टिकट सहितको आकर्षक प्याकेज स्थानीय सुष्मा अर्यालले जितेकी छन् ।
बुटवलको ट्राफिक चोकमा आयोजना गरिएको रेडियो अन ह्वील्सको सातौं संस्करणको कार्यक्रममा लक्की ड्र मार्फत् सुष्मा विजयी घोषित भएकी हुन् । नेपालगञ्जबाट सुरु भएको यो कार्यक्रम धनगढी र सुर्खेत हुँदै बुधबार बुटवल पुगेको हो । बुधबार बिहान बुटवलस्थित सिद्धार्थ इन्टरनेशनल कलेजमा मिनी रोड शो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता महिमा भट्टराई र प्रज्वल खड्काले विद्यार्थीहरूसँग अन्तरक्रिया गरे। सो अवसरमा कलाकार विश्व नेपाली र राजा राजेन्द्र पोखरेलले सांगीतिक तथा हास्य प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विभिन्न प्रश्नको सही उत्तरमा आकर्षक उपहारसमेत वितरण गरिएको थियो ।
बुधबार बिहान बुटवलस्थित सिद्धार्थ इन्टरनेशनल कलेजमा मिनी रोड शो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता महिमा भट्टराई र प्रज्वल खड्काले विद्यार्थीहरूसँग अन्तरक्रिया गरे। सो अवसरमा कलाकार विश्व नेपाली र राजा राजेन्द्र पोखरेलले सांगीतिक तथा हास्य प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विभिन्न प्रश्नको सही उत्तरमा आकर्षक उपहारसमेत वितरण गरिएको थियो ।
मिनी कार्यक्रमपछि साँझ बुटवलको ट्राफिक चोकमा मुख्य कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारहरूले एउटै मञ्चबाट प्रस्तुति दिएका थिए । रेडियो अन ह्वील्समा सहभागीहरूले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाउने छन् ।
कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्सट्रीम वा म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले जनाएको छ। प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले विश्वकप प्याकेज जित्नेछन् । यसअघि सोमबार सुर्खेतमा आयोजित कार्यक्रममा गोलाप्रथामार्फत वीरेन्द्रनगर–१२ का दीपक खड्काले उक्त प्याकेज जितेका थिए । त्यस्तै धनगढीमा धनगढी–११ का भरतबहादुर चन्द र नेपालगञ्जमा टीकाराम गुरागाईं विजेता बनेका थिए ।
यसपटकको रोड शोमा गायक शिव परियार, विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा सिजन–१ की विजेता रोसिका राउतले गीत, संगीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बुटवलपछि रेडियो अन ह्वील्स कार्यक्रम शुक्रबार पोखराको लेकसाइडमा आयोजना हुने छ ।
कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ भने पावर्ड बाइ मा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनरमा वाइफाइ नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।