राष्ट्रिय

एमाले केन्द्रिय समितिको बैठक बस्दै

- केएफएम डेस्ककाठमाडौं

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुरको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने छ ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

आजको बैठक प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो, स्थायी कमिटी गठनलगायतका विषयमा प्रवेश नगर्ने सचिव राजन भट्टराईले जानकारी दिनुभयो ।