दोस्रो दिनको बन्दसत्र शूरु : कंग्रेस
- काठमाडौंनेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा दोस्रो दिनको बन्दसत्र शूरु भएको छ । अहिले समूहगत छलफलका निष्कर्ष पेश भइरहेको छ ।
बन्द सत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेको छ ।
अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको नेताहरुले बताएका छन् ।
यसैबीच, विशेष महाधिवेशन पक्षधर नेता र संस्थापन पक्षबीच सहमतिका लागि छलफल भइरहेको छ ।
संस्थापनसंग वार्ता गर्न कंगे्रस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसेको चार सदस्यीय कार्यदल बनाएका छन् ।
महामन्त्रीद्धयले विशेष महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमको स्वामित्व समग्र पार्टीले लिनुपर्ने, २९ असोजको केन्द्रीय कार्यसमिति बैठकमा आफैंले घोषणा गरेजस्तै देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने, निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने लगायत माग अघि सारेका हुन् ।
उनीहरुले आगामी निर्वाचनमा अन्य कुनै पनि दलसंँग गठबन्धन नगर्ने नीतिमा पनि अडान लिएका छन् ।