एसबीआई वैंक शाखा कार्यालय सिन्धुलीमा लुटपाट
- सिन्धुलीसिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायूटारमा रहेको एसबीआई वैंक शाखा कार्यालयमा एक अज्ञात समुहले लुटपाट गरेको छ ।
अन्दाजी ९/१० जना नकावधारी लुटेरा समुहले गएराति वैंकका गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरि फरार भएको प्रहरीले जनाएको छ ।
लुटेराले के कती रकम लुटपाट गरे भन्ने एकिन विवरण आई नसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय वस्तीपुर र स्थानीयले खोज तलास गर्दा एक बोरा पैसा नजिकैको जंगलमा फेला पारेको थियो ।
लुटेराहरुले रिजर्भमा लिएर आएको सुमो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बनेपाबाट बिहेमा जाने भनि लुटेराले आफ्नो गाडी रिजर्भ गरेको चालकले प्रहरीलाई बयान दिएका छन् । प्रहरी प्रमुख सुवेदीका अनुसार प्रहरी परिचालन गरि लुटेराको खोजविन भईरहेको छ ।