निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष भएर निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले कसैको पक्षधरता नलिने बताउनुभएको हो ।
मन्त्री अर्यालले सुशासनबाहेक अन्य विषयमा कसैको पक्षधरता नलिने बताउनु भयो । संवैधानिक व्यवस्थाअनुसार संसद् विघटन भएको ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने भएकोले सरकार सोही बाटोमा अगाडी बढेको उहाँको भनाइ थियो ।
मन्त्री अर्यालले सबै पक्षको विश्वास जितेर सरकारले निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तन्तरण गर्ने बताउनु भयो । फागुन २१ गतेको निर्वाचन कुनै हालतमा नसर्ने उहाँको भनाइ छ ।