राष्ट्रिय

निर्वाचनमा भारतबाट ५३८ सवारी साधन सहयोग

काठमाडौं

भारतले नेपालको प्रतिनिधिसभा निर्वाचनमा ५ सय ३८ सवारी साधन अनुदान सहयोग गरेको छ । यस्तै, सुरक्षा निकायका लागि गैरघातक किसिमका भिड नियन्त्रण सामग्रीसमेत अनुदान स्वरुप सहयोग गरेको छ ।

अनुदानका सवारी साधनका जिप,ट्रकलगायतछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भारतले सहयोग स्वरुप उपलब्ध गराएका सवारी साधनमध्ये पहिलो चरणमा करिब सय सवारी काठमाडौं आइपुगेको र अन्य आउने क्रममा रहेको बताउनुभयो । 

आइपुगेका सवारी साधन नेपालस्थित भारतीय राजदूतावासले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेको छ ।