राष्ट्रिय

निर्वाचनमा दलहरु एक्ला एक्लै प्रतिस्पर्धा गर्दै

- केएफएम डेस्ककाठमाडौं

यसपटकको निर्वाचनमा दलहरु एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भएका छन् ।

दलहरुले दिएको उम्मेद्वारी दर्ताले उनीहरु चुनावी गठबन्धन नगरी मैदानमा जाने तयारीमा देखिएका हुन् ।

यसअघि दलहरुबीच हुँदै आएको चुनावी गठबन्धनको अभ्यास यसपटक तोडिएको छ ।

हिजो भएको मनोनय दर्ता अनुसार ठूला दलहरु एक्लाएक्लै चुनावमा होमिने देखिएको हो ।

केही मधेसकेन्द्रित दलहरू भने संयुक्त चिन्हमा चुनाव लड्ने देखिएको छ ।

यसअघिका अभ्यासलाई तोड्दै दलहरु यसपटक भने दलहरु ऋा आफ्ना उम्मेद्वार लिएर जनतासँग भोट माग्ने तयारीमा छन् ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गरेपनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भने भागबण्डा गरिएको छैन ।

विशेष महाधिवेशनले चुनावअघि गठबन्धन नगर्ने नीति बनाए अनुसार एक्लै चुनाव लागेको कांग्रेसले जनाएको छ ।

राजनीतिक परिस्थितिका कारण पनि गठबन्धन नभएको एमाले नेताहरुको भनाई छ ।

जेनजी आन्दोलनपछि दलहरुबीच सहकार्यको वातावरण नबनेकाले पनि गठबन्धनको सम्भावना टरेको कतिपयको बुझाइ छ ।

चुनावअघिको गठबन्धनले नागरिकमा समेत असन्तुष्टि बढिरहेका बेला दलहरुलाई यसपटक आफ्नो लोकप्रियता जाच्ने अवशर मिलेको छ ।