प्रधानमन्त्रीद्वारा सबै राजनीतिक दल प्रति आभार व्यक्त
- काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरू प्रति आभार व्यक्त गर्नु भएको छ ।
आयोगले निर्धारण गरेको निर्धारित समयतालिकाभित्रै उमेद्वारी दर्ता गराएर दलहरुले आफ्नो भूमिका सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको हो ।
सन्देश जारी गर्दै उहाँले आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि मनोनयन दाखिलासँगै निर्वाचनको प्रक्रिया सुरु भएको उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामथ्र्यका साथ लागिपरेको भन्दै लोकतान्त्रिक स्थायित्वका लागि सबैलाई निर्वाचनमा सक्रिय र संयमताका साथ सहभागी हुन हार्दिक अपिल गर्नु भएको छ ।