निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा
काठमाडौंआगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालन गरेको छ ।
सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत अफवाह फैलाउने, गलत सूचना प्रवाह गर्ने तथा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिको निगरानी र नियन्त्रण गर्न साइबर सेल बनाइएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचन आयोगसँग समन्वय गरेर सेलमार्फत डिजिटल माध्यममा देखिने शंकास्पद गतिविधिको निगरानी, नियमन र नियन्त्रणको व्यवस्था गरिएको हो ।
साइबर सेलले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा देखिने अफवाह, भ्रामक सूचना र निर्वाचन केन्द्रित अनुचित गतिविधि पहिचान गरी कैफियत देखिएमा आयोगलाई जानकारी दिनेछ ।
त्यसपछि आयोगले छानबिन गरी गलत वा भ्रामक सामग्री पुष्टि भएमा ती सामग्री हटाउने र कसुर देखिएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
अफवाह र गलत सूचना फैलाउने गतिविधिलाई देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत सूक्ष्म निगरानीमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।