चिनियाँ टोली काठमाडौंमा
- काठमाडौंचिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ यु नेतृत्वको टोली नेपाल आइपुगेको छ ।
चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न टोली नेपाल आएको बताइएको छ ।
झेङ नेपाल मामिलाका जानकार मानिनुहुन्छ ।