रौतहटमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु
- रौतहटरौतहटको राजदेवी नगरपालिका १ पथरा स्कुलनजिक गौर पिपरा भित्री सडक खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुबै मोटरसाइकल चालकको मृत्यु भएको हो ।
गंगापिपराबाट गौर आउँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा रौतहट दुर्गाभगवती गाउँपालिका २ पिपरा बजारका ३० वर्षीय अशोक महतो र राजदेवी नगरपालिका २ हजमिनियाका २९ वर्षीय अरबिन्द महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गौरका डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।