भयरहित वातावरणमा चुनाव गराउन प्रतिबद्ध छौं : आईजीपी अर्याल
काठमाडौंसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न निर्वाचनलाई सुरक्षित र भयहित रुपमा सम्पन्न गराउन आफूहरु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
आपराधिक र विध्वंसात्मक क्रियाकलाप नियन्त्रण गरी भयरहित वातावरण बनाउनु अपरिहार्य भएको र त्यसका लगि आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
सशस्त्र प्रहरीले स्थापनाको २५ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा अर्यालले सुरक्षित रुपमा चुनाव सम्पन्न गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।
सशस्त्रले अन्तर्राष्ट्रिय सीमा सुरक्षा, आन्तरिक सुरक्षा, शान्ति मिसनलगायत क्षेत्रमा सशक्त रुपमा काम गरिरहेको पनि उहाँले बताउनुभयो । सशस्त्रले केही वर्षअघिदेखि सीमा क्षेत्रका विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति, कल्याणकारी कामलगायतमा पनि काम गरिरहेको छ ।
वार्षिककोत्सवकै अवसरमा सशस्त्रले वर्षभरि उत्कृष्ट काम गर्ने अधिकृत तथा जवान र विभिन्न क्षेत्र आबद्धहरुलाई पनि सम्मान पुरस्कार प्रदान गरेको छ ।