निर्वाचन आयोगले आन्तरिक व्यवस्थापनको तयारीलाई तिब्रता दिएको छ
काठमाडौंनिर्वाचन आयोगले आन्तरिक व्यवस्थापनको तयारीलाई तिब्रता दिएको जनाएको छ । आयोगले मत पत्र छपाई सँगै अन्य तयारीलाई तिब्र पारेको हो ।
उमेद्वारलाई आज निर्वाचन चिन्ह दिए लगत्तै प्रत्यक्षतर्फको मत पत्र छपाई सुरु गर्ने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघभरिमा प्रत्यक्ष तर्फको मतपत्रको छपाइ सकेर फागुनको पहिलो साताभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पु¥याइसक्ने गरिको तयारी थालिएको छ ।
समानुपातिकतर्फका डेड करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्रको छपाई कार्य अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
त्यस्तै आयोगले गलत सूचना नियमनका लागि अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई पनि तिब्रता दिइएको प्रवक्ता भट्राईले बताउनुभयो । उहाँका अनुसार फेक सूचना फैल्याउने र आचारसंहिता उलंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ ।